रोएल च्यालेन्जर्स बैंङ्लोर ७ विकेटले पराजित

एजेन्सी

    चैत्र १०, २०७५

    चेन्नई सुपर किङ्सले, ईण्डियन प्रेमियर लिग क्रिकेट आईपीएलमा विजयी सुरुवात गरेको छ । आईपीएलको उद्घाटन खेलमा उसले रोएल च्यालेन्जर्स बैंङ्लोरलाई ७ विकेटले पराजित ग¥यो । घरेलु मैदानमा ७१ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा अम्बाती राईडुले २८ र सुरेश रैनाले १९ रन बनाए । 

    यसअघि पहिले व्याटिङ गरेको बैंङलोर १७ ओभर १ बलमा ७० रनमा अलआउट भयो । पार्थिव पटेलले २९ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंकको स्कोर छुन सकेनन् । बिराट कोहली नेतृत्वको बैंङ्लोरलाई कम स्कोरमा समेट्न हरभजन सिंह र इमरान ताहिरले समान ३ विकेट लिए । 

    लिगमा आज अपरान्ह सवा ४ बजे कोलकात्ता नाईट राईडर्स र सनराईजर्स हैदरावाद तथा राती सवा ८ बजे दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली हो ।   

    प्रकाशित:चैत्र १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्