नाओमी ओपन टेनिसको तेस्रो चरणबाटै बाहिरिईन

एजेन्सी

    चैत्र १०, २०७५

    शीर्ष वरियाताकी नाओमी ओसाका मियामी ओपन टेनिसको तेस्रो चरणबाटै बाहिरिँदा पूर्व नम्बर वान सेरेना विलिएम्सले चोटका कारण बीचमै खेल छाडेकी छन् । जापानकी नाओमी, ताईवानकी से सु–वेसँग ४–६, ७–६ र ६–३ ले पराजित भईन् ।

    ८ पटककी विजेता अमेरिकाकी विलिएम्सले खुट्टाको चोटका कारण तेस्रो चरणको खेल अघि प्रतियोगिता छाडेपछि चीनकी ओयाङ वाङले वकओभर पाईन् । 

    यस्तै, डेनमार्ककी क्यारोलिन वाज्नेस्की, चेक रिपब्लिककी पेट्रा भिटोभा, फ्रान्सकी क्यारोलिन गार्सिया, अमेरिकाकी ड्यानिएल कोलिन्स, चेक रिपब्लिककी क्यारोलिन लिस्कोभा, नेदरल्याण्डस्की किकी बर्टेन्स, अष्ट्रेलियाकी एस्ले बार्टी पनि आ–आफ्नो खेलमा जित हात पार्दै चौथो चरणमा प्रवेश गरेका छन् । 

    प्रकाशित:चैत्र १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्