जींक र आइनयुक्त गहुँको परीक्षण खेती

- अमृता अनमोल, बुटवल

    चैत्र १०, २०७५

    वैज्ञानिकहरुले गहुँको बीउमै जींक र आइरन राखेर गहुँ खेतीको सफल परीक्षण गरेका छन् । अन्तर्राष्ट्रिय गहुँ  तथा मकै अनुसन्धान केन्द्रले उत्पादन र राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले प्रमाणित गरेका पोषणयुक्त गहुँको रुपन्देही सहित ६ जिल्लाका किसानले नमुना खेती गरेका छन् । 

    ती बोरासँग १००, एचडी २९६९, जेनोकल, म्याली, एन एल १३२७, बीएल ४३४१, बीएल ४६९९ र बीएल ४३३५ जातका गहुँका बीउ सिफारिस गरिएको छ । जसको उत्पादकत्व ४ देखि ८ मेट्रिक टनसम्म छ । पहेलो र खैरो सिन्दुरे रोग सहने गुण छ ।

    यी जात पहाड र तराई दुबै  वातावरणका लागि उपयुक्त छन् । बीउ उत्पादन गरेर देशभर पुर्याउन भन्दै यो वर्ष रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा खेती सुरु गरिएको गहुँबाली विज्ञ मदन भट्टले बताउनुभयो ।

    गहुँको परीक्षण खेती गरेका किसानलाई अन्तर्राष्ट्रिय गहुँ तथा मकै अनुसन्धान केन्द्र र राष्ट्रिय गहुँबाली अनुन्धान कार्यक्रमले सहजीकरण गरेका छन् । नजीकको जिल्लाका कृषक समूह र सरोकारवालालाई देखाएर गहुँको बीउ छनोट गर्न लगाइएको छ ।

    उत्पादन धेरै हुने र पोषणयुक्त पनि हुने भएपछि किसानहरु पनि जींक र आइरनयुक्त गहुँबाली खेती गर्न इच्छुक देखिएका छन् । प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले किसानको छनोट अनुसार बीउको विस्तार गरिने बताउनुभयो । 

    प्रकाशित:चैत्र १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्