थाईल्याण्डमा आम निर्वाचन हुँदै

बीबीसी
  • निर्वाचनमा करीब ५ करोड मतदाता सहभागी हुँदै

चैत्र १०, २०७५

थाईल्याण्डमा आज हुने आम निर्वाचनमा करीब ५ करोड मतदाता सहभागी हुँदैछन् । मुलुकभर तोकिएका ९३ हजार मतदान केन्द्रबाट बिहान ८ बजेदेखि स्थानीयले मतदान सुरु गरीसकेको बीबीसीले जनाएको छ । सन् २०१४ को सैन्य कु पछि त्यहाँ पहिलोपटक आम निर्वाचन हुन लागेको हो ।

त्यसअघि सन् २०११ मा आम निर्वाचन भएको थाईल्याण्डमा आज अनुमान भन्दा धेरै नागरिक मतदानमा सहभागी हुने अपेक्षा छ । संसदको तल्लो सदनको ५ सय सिटका लागि मतदान हुने भनिएपनि त्यसको आधा अर्थात २ सय ५० सिट सेनाले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

थाईल्याण्डमा सेना र प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकहरुबीचको तनावका कारण केही वर्षदेखि त्यहाँका राजनीतिक अस्थितरता छ । सेनाले शासनसत्ता हातमा लिएसँगै प्रजातन्त्र र सुशासन कायम गर्ने प्रतिबद्धता जनाएपनि लामो समयदेखि मतदानको समय पर सार्दै आएको थियो ।

थाई आम निर्वाचनको पूर्वसन्ध्यामा थाईल्याण्डका राजा महा वाजिरालोङकोर्नले मतदानका समय शान्ति र सुव्यवस्था कायम गर्न निर्देशन दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित:चैत्र १०, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्