एपीएफ र दाउफिन्स भिड्दै

- रेडियो कान्तिपुर, हेटौंडा

    चैत्र १०, २०७५

    मकवानपुरको हेटौंडामा जारी दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबलको क्वार्टरफाइनलमा आज सशस्त्र प्रहरीको एपीएफ र क्यामरुनी टोली दाउफिन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा अपरान्ह पौने चार बजेपछि सुरु हुनेछ ।

    हिजोको खेलमा च्यासल युथ क्लबलाई टाईब्रेकरमा पराजित गर्दै नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । १ विदेशी सहित १० टोली सहभागी गोल्डकपको उपाधि विजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।  

     

    प्रकाशित:चैत्र १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्