थाईल्याण्डमा मतदान सम्पन्न 

काठमाडौं

    चैत्र १०, २०७५

    - थाईल्याण्डमा सन् २०१४ को सैन्य कु पछि पहिलोपटक भएको आम निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएको छ । करीब ५ करोड मतदाता रहेको थाईल्याण्डको संसदीय निर्वाचनमा संसदको ५ सय सिटमध्ये २ सय ५० सीटका लागि मतदान भएको थाई निर्वाचन आयोगले जनाएको छ ।

    बाँकी सिटमा भने सेनाले आफु अनुकुल नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । थाईल्याण्डमा यसअघि सन् २०११ मा आम निर्वाचन भएको थियो । आजको निर्वाचनमा झण्डै ८० प्रतिशत मतदाताले सहभागिता जनाएको बीबीसीले उल्लेख गरेको छ ।

    थाई सेना र प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकहरुबीचको तनावका कारण लामो राजनीतिक अस्थिरता पछि निर्वाचन भएको हो । शासनसत्ता हातमा लिएसँगै प्रजातन्त्र र सुशासन कायम गर्ने प्रतिबद्धता जनाएको सेनाले लामो समयदेखि मतदानको समय पर सार्दै आएको थियो । 

     

    प्रकाशित:चैत्र १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्