ओलीसहित ९ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति 

काठमाडौं

    चैत्र १०, २०७५

    - काभ्रेबाट पक्राउ परेका नेक्रवित्रम चन्द समूहका मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई जिल्ला अदालत ललितपुरले ८ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय मार्फत ललितपुर प्रहरीले उनीहरुलाई हातहतियार तथा खरखजना, संगठित अपराध, विष्फोटक पदार्थ, राज्य विरुद्दको अपराध गरेको आरोपमा अनुसन्धान गर्न अदालतमा पेश गरेको थियो ।

    प्रहरीको विशेष टोलीले शुक्रबार राति काभ्रेको खानीखोलाबाट पक्राउ परि महानगरीय प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो । उनीहरुको साथबाट ५ थान हतियार फेला परेको थियो । ओलीसहित रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, लोकेन्द्र खड्का र चालक धर्मराज वहाक पक्राउ परेका छन् । 

    ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय बाहिर एक जनाको ज्यान जाने गरी भएको विस्फोटको जिम्मा मध्य कमाण्ड इन्चार्ज ओलीले लिएका थिए । तर आज अदालतमा दायर मुद्दामा भने कर्तब्य ज्यान तथा ज्यान मार्ने उद्योग छैन  ।

     

    प्रकाशित:चैत्र १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्