विप्लव समुहलाई सहयोग गर्नेलाई कारवाही : गृहमन्त्रालय

काठमाडौं

    चैत्र १०, २०७५

    - प्रतिबन्धित विप्लव समहूलाई आर्थिक तथा भौतिक सहयोग गर्नेलाई कारवाही हुने गृह मन्त्रालयले प्रष्ट पारेको छ । जबरजस्ती आर्थिक सहयोग मागे तत्काल प्रहरीलाई खबर गर्न पनि गृहले आग्रह गरेको छ ।

    गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि कारवाही गर्ने निर्णय गरेको थियो ।

    प्रतिबन्ध लगाएको दुई साता नबित्दै विप्लव समूहका तेस्रो तहका नेता हेमन्तप्रकाश ओलीसहित ९ जना काभ्रेबाट पक्राउ परेका छन् ।

    ओली पक्राउको भोलिपल्ट गृहले विज्ञप्ति जारी गर्दै विप्लव समूहको आपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न र सहयोग गर्ने व्यक्ति, संस्था वा समूहलाई समेत प्रचलित कानूनअनुसार कारवाही हुने प्रष्ट पारेको हो ।

     

    प्रकाशित:चैत्र १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्