नेकपाका गतिविधि आपराधिक छन् : प्रधानमन्त्री

काठमाडौं

    चैत्र १०, २०७५

     - प्रधानमन्त्री केपी शर्मा ओलीले नेक्र वित्रम चन्द नेतृत्वको नेकपाका गतिविधी आपराधिक भन्दै सरकारले नियन्त्रण गर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले ऐन कानूनको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको हो ।

    प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन स्थानपना गर्न सरकार सधैं क्रियाशील रहेको र त्यस्ता गतिविधी नियन्त्रण गर्ने सरकारको एक सुत्रीय प्रतिवद्धता रहेको पनि बताउनुभयो ।

    धेरै जनताले रगत र पसिना बगाएर ल्याएको लोकतन्त्रलाई कसैले पनि संकटमा पार्न नसक्ने उहाँको भनाई थियो । राजतन्त्र समाप्त भइसकेको र अब पछाडी फर्कने अवस्था नरहेको प्रधानमन्त्री ओलीले संसदमा बताउनुभयो । 

    स्वतन्त्र मधेशको माग गर्दै आएका सिके राउतसँग भएको ११ बुदे सहमतिमा जनमतसंग्रह गर्ने कुरा कतै उल्लेख नभएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । सो समूह जनमतको आधारमा अघि बढ्न तयार रहेको विषयमा भने सहमति पत्रमा उल्लेख रहेको ओलीले सदनलाई जनाकारी गराउनुभयो । संघीय संसदको असधवेशन सुरु भएको एक वर्ष सफल रुपमा सम्पन्न भएको पनि ओलीको भनाई थियो ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपनेता विजय कुमार गच्छादारले सरकारले दुई तिहाईको दम्भ देखाएपनि काम भने गर्न नसकेको आरोप लगाउनुभयो । भ्रष्टाचार वेथिति मौलाउँदै गएको उहाँको भनाई थियो । सरकारले संसदलाई उपेक्षा गरेको गच्छादारले आरोप लगाउनुभयो । 

    राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले सरकारको उदासीनताका कारण मधेश आन्दोलनका निर्दोषहरु पनि जेल जीवन विताउन बाध्य भएको बताउनुभयो । 

     

    प्रकाशित:चैत्र १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्