थाईल्याण्डमा सम्पन्न आम निर्वाचनको मतगणना अन्तिम चरणमा

- रेडियो कान्तिपुर, एजेन्सी

    चैत्र ११, २०७५

    – थाईल्याण्डमा हिजो सम्पन्न आम निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत मतगणना सकिदा सैन्य समिर्थित दलले अप्रत्यासित रुपमा अग्रता बनाएको छ । सेनाले शक्ति आफ्नो हातमा लिएपछि भएको पहिला चुनावमा पालाङ प्रचारथ पार्टीले अग्रता बनाएको हो । मतगणना अन्तिम चरणमा पुग्दा सो पार्टीले ७६ लाख बढी मत पाएको बीबीसीले उल्लेख गरेको छ । सन् २००१ देखि वर्चस्व कायम गर्दै आएको पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टी फेउ थाईलाई भारी मत अन्तरले पछि पारेको छ । मतगणनाको अन्तिम घोषणा भने सोमबार मात्र सार्वजनिक गरिने छ ।

    सैन्य समर्थित दल पालाङ प्रचारथ पार्टीले बहुमत प्राप्त गरे पनि वर्तमान नेता जनरल प्रयुथ चान ओखासंग गठबन्धन गरेर सरकारमा जाने स्थितिमा छ । जनरल ओखाले सन् २०१४ मा थाक्सिनकी बहिनी यिङलुक सिनावात्रालाई पदच्युत गर्दै सत्ता आफ्नो हातमा लिएका थिए । यसअघि अप्रत्यासित नतिजा हात पारेको पालाङ प्रचारथ पार्टी चुनावमा तेश्रो हुने प्रक्षेपण गरिएको थियो । ५ करोड जनता मतदान गर्न योग्य भएपनि ६४ प्रतिशतले मात्र गरेको एपीएफलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

    थाइल्याण्ड वर्षौदेखि राजनीतिक अस्थिरताबाट गुज्रिदै आएको छ । सत्ता हातमा लिएको सेनाले लोकतन्त्र पुर्नबहाली गर्ने प्रतिज्ञा गरे पनि बारम्बार मतदान भने स्थगित गर्दै आएको थियो ।  

    प्रकाशित:चैत्र ११, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्