केन्याका एक विज्ञान शिक्षक बने विश्वकै उत्कृष्ट

एजेन्सी

    चैत्र ११, २०७५

    – अफ्रिकी मुलुक केन्याको एक ग्रामिण भेगका विज्ञान शिक्षक विश्वको उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत भएका छन् । फ्रान्सिस्कन धर्मका अनुयायी पीटर टाबीचीले एक मिलियन डलर बराबरको पुरस्कार प्राप्त गरेको बीबीसीले उल्लेख गरेको छ । उनले आफ्नो तलबको ८० प्रतिशत गरिब तथा जेहेन्दार विद्यार्थीलाई वितरण गर्दै आएका थिए । विद्यालय जानबाट बञ्चित हुनुपरेको, सानो कक्षा कोठामा धेरै विद्यार्थी संख्याका बीचमा अध्ययन गरेको र केही मात्र पुस्तकका बाबजुद पनि यस्तो उपलब्धी हासिल गरेको भन्दै पीटरका परिवारका सदस्यले उनको प्रशंसा गरेका छन् ।

    दुबईमा आयोजित एक समारोहका बीच पीटरलाई उत्कृष्ट शिक्षक घोषणा गर्दै असाधारण शिक्षकको पहिचान पनि दिइएको छ । 

    प्रकाशित:चैत्र ११, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्