केन्द्रीय नेता चुनिने व्यवस्था र आरक्षणमा नदोहरिने मुद्दामा अडिग : कांग्रेसका जिल्ला सभापतिहरु

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    चैत्र ११, २०७५

    केन्द्रीय नेता बुथबाटै चुनिने व्यवस्था र आरक्षणमा नेताहरु नदोहरिने मुद्दामा अडिग छौं : कांग्रेसका जिल्ला सभापतिहरु 

    The Headliners | Journalist Pawan Acharya | 25 March 2019

    नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले यसअघि उठाएका केन्द्रीय पदाधिकरी र सदस्यहरु बुथबाटै प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्था लागु गराउन पार्टी नेतृत्वको ध्यानाकषर्ण गराएका छन् । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले महासमितिमा उठेको समावेशी र समानुपातिक आरक्षण एकपटक मात्रै दिने व्यवस्था लागू गर्न माग गर्नुभयो । 

    भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले महासमिति बैठकअघिसम्म जिल्ला सभापतिहरु एक ढिक्का भए पनि अहिले कसैलाई फरक कित्तामा उभ्याउन खोजेकोमा आश्चर्य प्रकट गर्नुभयो ।

    प्रकाशित:चैत्र ११, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्