कतारसँग नेपाल ५–० ले पराजित 

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ११, २०७५

    एएफसी च्याम्पियनसिप फुटबल अन्र्तगत समूहचरणको आफ्नो दोस्रो खेलमा नेपाल, बलियो टोली कतारसँग ५–० ले पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटीको मैदानमा आयोजकले नेपालमाथि सहज जित निकाल्दै च्याम्पियनसिपमा छनोट नजिक पुगेको छ । 

    पहिलो हाफमा १–० को अग्रता बनाएको कतारले दोस्रो हाफमा ४ गोल गर्दै सहज जित हात पारेको हो । फिफा वरियतामा १ सय छ स्थान माथि रहेको कतारले सुरुवात देखिनै नेपालमाथि दबाब बनाएको थियो । रक्षात्मक खेल खेलेको नेपालले पहिलो हाफमा संयमित प्रर्दशन गरेपनि दोस्रँे हाफमा लय गुमाएको थियो । 

    नेपाली रक्षापक्तिलाई सहज रुपले तोडेको कतारले २ गोल फ्रि–किकबाट गरेको हो । कप्तान बासम अल राबीले डि बक्स नजिकै पाएको दुबै फ्रिकिकमा बललाई जाली चुमाएका थिए । अब्दुल्लाह अल्हारकले २ गोल गर्दा अर्को गोल कतारले उपहार स्वरुप प्राप्त गरेको थियो ।

    पहिलो खेलमा ओमानसँग १–० ले पराजित भएको नेपाल, दोस्रो हारसंगै समूहचरण बाटै बाहिरिएको छ । 

    समूहचरणको आफ्नो अन्तिम खेलमा नेपालले भोलि अफगानिस्तनसँग प्रतिस्पर्धा गर्नेछ । 

    प्रकाशित:चैत्र ११, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्