नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दै

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ११, २०७५

    नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । २ वटा मैत्रीपूर्ण खेलका लागि कुवेत भ्रमणमा निस्किएको नेपालले आज घरेलु टोलीसँग दोस्रो खेल खेल्न लागेको हो । कुवेतको अल अहमादी स्टेडियममा नेपाली समयानुसार राति सवा ९ बजे दोस्रो मैत्रीपूर्ण खेल सुरु हुनेछ । 

    पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी खेलेका दुबै टोली दोस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा रहेका छन् । फिफा वरियतामा नेपालभन्दा ३ स्थान माथि रहेको कुवेतले पहिलो खेलमा नेपाली टोलीमाथि दबाब बनाए पनि गोल गर्ने अवसरको भने सदुपयोग गर्न सकेन् । 

    नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले दोस्रो खेलमा पनि घरेलु टोलीलाई कम्तीमा बराबरीमा रोक्ने लक्ष्यमा आफ्नो टोली मैदान उत्रने बताउनुभयो । पहिलो खेलमा भएका गल्तीलाई सुधार गर्दै क्षमता अनुसारको खेल खेल्ने कालिनको भनाई छ ।  

    प्रकाशित:चैत्र ११, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्