चुनावी अभियानमा रुसी मिलेमतो छैनः मुलर प्रतिवेदन

- रेडियो कान्तिपुर,

    चैत्र ११, २०७५

    - अमेरिकामा सन् २०१६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका क्रममा रुससँग कुनै साँठगाँठ नभएको विशेष काउन्सिल रोबर्ट मुलरको टोलीले  निष्कर्ष निकालेको छ । मुलरको टोलीले २२ महिना लगाएर गरेको अनुसन्धानमा राष्ट्रपति ट्रम्पको चुनावी अभियानले रुससँग कुनै मिलेमतो नगरेको निष्कर्ष निकालेको हो । मुलुर टोलीको प्रतिवेदनलाई महान्यायाधिवक्ता विलियमले थप विश्लेषण गरी त्यसबाट प्राप्त निश्कर्षलाई संसदमा पेश गर्नुभएको हो ।

    निर्वाचनमा रुसी हस्तक्षेपबारे पर्याप्त प्रमाण नभेटिएको महान्यायाधिवक्ता विलियमललाई उदृत गर्दै बीबीसीले जनाएको छ ।  प्रतिवेदन सार्वजनिक भए लगतै माईक्रो ब्लगिङ साईट ट्वीटर मार्फत राष्ट्रपति ट्रम्पले  निर्वाचनमा कुनै मिलेमतो नभएको र आफू सम्पूर्ण आरोपबाट मुक्त भएको बताउनुभएको छ । यसअघि राष्ट्रपति ट्रम्पका ६ पूर्व सहयोगी तथा दर्जनौँ रुसी अधिकारीलाई यसै मामिलामा आरोप लगाइएको थियो । 

    प्रकाशित:चैत्र ११, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्