निर्वाचन आयुक्तमा दिनेश कुमार थपलियाको नाम सिफारिस

- रेडियो कान्तिपुर,

    चैत्र ११, २०७५

    - संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश कुमार थपलियाको नाम सिफारिस गरेको छ । सिंहदरबारमा आज बसेको परिषदको बैठकले प्रमुख आयुक्तमा  थपलियाको नाम सिफारिस गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले जानकारी  दिनुभयो । थपलिया हाल संघीय मासिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव हुनुहुन्छ ।

    यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र आयुक्त इला शर्मा हिजो मात्र सेवा निवृत्त हुनुभएको थियो । यस्तै बैठकले समावेशी आयोगको सदस्यमा मकवानपुरकी विष्णु माया ओझाको नाम सिफारिस गरेको छ । बाँकी संवैधानिक आयेगका अध्यक्ष र सदस्यको नाम पछि सिफारिस गर्ने तिमल्सिनाले बताउनुभयो । यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता शेरबहादुर देउवा भने बैठकमा उपस्थित हुनुभएन । उहाँले संसदीय दलको बैठक भएकाले उपस्थित हुन नसक्ने लिखित पत्र पठाएको अध्यक्ष तिमिल्ििनाले जानकारी दिनुभयो ।

    परिषदको गत माघ ६ गते बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालनन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा विजयकुमार दत्त, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो ।

    सो आयोगका अध्यक्षले संसदीय सुनुवाई पछि पदभार ग्रहण गरेपनि सदस्य भने अझै सिफारिस हुन बाँकी छ । संविधान मै उल्लेख भएका राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र आदिवासी जनजाती आयोगको अध्यक्ष सहित सदस्यको सिफारिस हुन बाँकी छ ।   

     

    प्रकाशित:चैत्र ११, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्