साढे ४ करोड भ्रष्टाचार अभियोगमा वन कार्यालयका तीन कर्मचारीविरुद्ध मुद्दा दायर

- रेडियो कान्तिपुर, डोल्पा

    चैत्र ११, २०७५

    - करिब साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित डिभिजन वन कार्यालय, डोल्पाका तीन कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । आयोगले डिभिजन वन कार्यालयका उपसचिव रामविचारी ठाकुर, फरेष्टरद्वय रुद्रबहादुर बुढा र भीमबहादुर बुढाविरुद्ध जनही १ करोड ४८ लाख ७९ हजार ६ सय ८० रुपैयाँ विगो माग गर्दै आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    तत्कालीन जिल्ला वन अधिकृत ठाकुरले सामुदायिक वन तथा राष्ट्रिय वनबाट संकलन भएको जटामसी निजी हकभोगको जग्गाबाट जडीबुटी संकलन गरेको भनी नक्कली कागजात तयार गरी जिल्ला बाहिर लैजाने छोडपुर्जी इजाजत दिएको दाबी आयोगको छ ।

    स्थानीय जग्गा धनी तथा जडीबुटीका ठेकेदारसँग मिलेमतोमा सामुदायिक वन तथा राष्ट्रिय वनबाट संकलन भएको १ लाख ८५ हजार ९ सय ९६ केजी जटामसी जिल्ला बाहिर लैजान छोडपुर्जी दिएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो । 

     

    प्रकाशित:चैत्र ११, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्