चन्द समूहका भेरी–कर्णाली इन्चार्ज धनराज पक्राउ

- रेडियो कान्तिपुर, कालिकोट

    चैत्र ११, २०७५

    - प्रतिवन्धित नेक्रवित्रम चन्द समूहका वुद्धिजीवि परिषद्का भेरी–कर्णाली इन्चार्ज धनराज शाहीलाई प्रहरीले कालिकोटबाट आज दिउँसो पक्राउ गरेको हो । खाँडाचक्र नगरपालिका, ५ मोल्फस्थित राता डाबबाट ३४ वर्षिय शाहीलाई विष्फोटक पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले बताउनुभयो ।

    उनको साथबाट जिलेटीन ३२ थान, ईलेक्ट्रीक डेडकड १ थान, गन्धक बारुद १ किलो, डेडकड ३ मिटर बरामद भएको छ । एसईई परीक्षाको सुरक्षार्थ खटिएको प्रहरी भ्यानलाई लक्षित गरी विष्फोटक पदार्थ प्रहार गर्न खोज्दा शाहीलाई पक्राउ गरीएको दाबी प्रहरीको छ । 

     

    प्रकाशित:चैत्र ११, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्