सरकार संसदप्रति उत्तरदायी भएन :  कांग्रेस

काठमाडौं

    चैत्र ११, २०७५

    - सरकार संसदप्रति उत्तरदायी हुन नसकेको प्रमुख प्रतिपक्षी कांग्रेसले आरोप लगाएको  छ ।   सदनमा उठेका जनसरोकारका महत्वपुर्ण विषयलाई सरकारले गम्भिरता पूर्वक नलिएको कांग्रेसको आरोप छ । शान्ति सुरक्षाको सवाल, जनतामा अनावश्यक रुपमा थुपारिएको कर जस्ता विषयमा सांसहरुले हरेक दिन आवाज उठाउँदा समेत सरकारले संवोधन गर्न नचाहेको प्रमुख सचेतक वालकृष्ण खाँडले बताउनुभयो ।

    संघीय संसदको तेस्रो अधिवेशनको संमिक्षा गर्न सिंहदरवारमा आज बसेको ससदीय दलको बैठकले प्रदेश र स्थानीय तहमा प्रभावकारी समन्वय हुन नसकेको समेत ठहर गरेको छ । स्थानीय तहलाई अधिकार दिन नसकेको र सरकार अहिले पनि केन्द्रीकृत ढाँचाकै मानसिकतामा रहेको आरोप कांग्रेसले लगाएको छ ।

    सरकारले ल्याएका विद्येयकहरु पनि केन्द्रीकृत मानसिकताकै उपज भन्दै कांग्रेसले जनताको घर आँगनमा सिंहदरवारको अनूभुती दिलाउन निरन्तर खवरदारी गर्ने निर्णय समेत गरेको छ । यस्तै राष्ट्रिय सुरक्षा परिषदको काम कर्तव्य र अधिकार सम्वन्धी विद्येयक समेत संविधान अनुकुल नभएको भन्दै विरोध गरिएको खाँडले बताउनुभयो ।  अधिकांश ठूला आयोजनालाई आफू मताहत राखेर प्रधानमन्त्रीले एकलौटी गर्न खोजेको कांग्रेसको आरोप छ । 

    प्रकाशित:चैत्र ११, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्