विमानस्थलबाट सुनसहित २ महिला पक्राउ 

- रेडियो कान्तिपुर, काठमाडौं
  • बरामद सुनको बजार मुल्य ७ लाख ७१ हजार

चैत्र ११, २०७५

- त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, काठमाडौबाट प्रहरीले ७ लाख ७१ हजार मुल्य बराबरको सुनसहित २ जनालाई पक्राउ गरेको छ । विमानस्थलको गोल्डेन गेटबाट वाग्लुङका पवित्रा विक र म्याग्दीका सुबा विकलाई एक सय ४८ ग्राम सुनसहित पक्राउ गरिएको  अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । 

पवित्राको साथबाट ५ लाख १७ हजार मुल्यको ९९ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । यस्तै सुबाको साथबाट प्रहरीले २ लाख ५४ हजार मुल्यको ४९ ग्राम सुन बरामद गरेको छ । बरामद सुनसहित प्रहरीले उनीहरुलाई आवश्यक कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा पठाएको छ । 

 

प्रकाशित:चैत्र ११, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्