ग्यास सिलिण्डर पड्कदा ४ जनाको मृत्यु

- अनिष तिवारी, सिन्धुपाल्चोक
  • थप विवरण आउन बाँकी

चैत्र ११, २०७५

सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किदा ४ जनाको मृत्यु भएको छ ।

भोटेकोसी गाउँपालिका, ४ फुल्पिङकट्टीस्थित अप्पर चाकु जलविद्युत आयोजनाको भान्सामा ग्यास सिलिन्डर पड्केको हो । मृत्यु हुनेमा हुम्लाका २४ बर्षीय सन्दुक लामा र दोलखाका २३ बर्षीय भाइकाजी शेर्पा छन् ।

दुई जनाको सनाखत भएको छैन् । घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ  । 

 

प्रकाशित:चैत्र ११, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्