दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल पराजित

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र १२, २०७५

    कुवेतसंगको दोस्रो मैत्रीपुर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय टोली पराजित भएको छ । कुवेतले घरेलु मैदानमा गएराती भएको खेलमा १–० को जित हात पारेको हो ।

    प्रतिस्पर्धात्मक खेलको २९ औं मिनेटमा युसेफ नासेरले पेनाल्टिमार्फत गरेको गोल कुवेतको जितमा निर्णायक बनेको थियो । प्रतिस्पर्धात्मक खेलमा नेपालले पनि कुवेतबिरुद्ध राम्रँ अवसर श्रृजना गरेको थियो । तर त्यसको भरपुर उपयोग भने गर्न सकेन ।   

    खेलपछि नेपाली टोलीका प्रशिक्षक योहान कालिनले टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेपनि पेनाल्टिबाट गोल खानु दुर्भाग्य भएको बताउनुभयो । फिनिसिङमा चुक्दा पाएका अवसर खेर गएको कालिनको भनाई छ । कुवेतसंगको मैत्रीपुर्ण खेलले गल्ती बुझ्ने मौका समेत पाएकाले सोही अनुसार आगामी रणनिति तयार पार्ने प्रशिक्ष्ँक कालिनले बताए । यसअघि भएको पहिलो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।  

     

    प्रकाशित:चैत्र १२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्