थाईल्याण्डमा गठबन्धन सरकारको प्रयास तीव्र

एजेन्सी

    चैत्र १२, २०७५

    – थाईल्याण्डमा सम्पन्न आम निर्वाचनमा सहभागी २ वटा पार्टीले गठबन्धन सरकार गठनका लागि प्रयास गर्ने बताएका छन् । प्रारम्भिक नतिजामा संसदको प्रत्यक्ष निर्वाचित ३ सय ५० सिटमध्ये प्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टी फेउ थाईले १ सय ३७ सिटमा जित हात पारेको छ ।

    सेना समर्थित पालाङ पर्चा रथले ९७ सिट जितेको निर्वाचन आयोगले जनाएको छ । विपक्षी फेउ पार्टीको संसदमा अहिले धेरै सिटसंख्या छ । प्रारम्भिक नतिजापछि निर्वाचनमा भाग लिएका दुवै पार्टीले गठबन्धन सरकार गठनका लागि पहल गर्ने बताएका छन् । 

    यसैबीच आइतबार सम्पन्न मतदानको नतिजा ढिला सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगको आलोचना भएको छ । 

    प्रकाशित:चैत्र १२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्