बीएड र एमएडको विकल्प अघि सार्दै सरकार

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र १२, २०७५

    – सामुदायिक विद्यालयमा अध्यापन गराइरहेका शिक्षकका लागि अब शिक्षा शास्त्र सङ्काय अन्तर्गत बीएड र एमएड अध्ययन अनिवार्यताको अन्त्य हुने भएको छ । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र र खुला विश्वविद्यालयको सहकार्यमा अनलाइन अध्ययन गर्न पाउने व्यवस्था हुने भएपछि काम छाडेर कलेज धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको हो ।

    केन्द्रका निर्देशक बौद्दराज न्यौपानेले सो व्यवस्थापछि अध्यापन गराइरहेका शिक्षकले स्थायीका लागि लिनुपर्ने अनुमति पत्रको परीक्षामा सहजै सहभागि हुन पाउने बताउनुभयो । त्यसका लागि शिक्षकले खुला विश्वविद्यँलयमा व्यवस्था गरिएको कोर्सको प्रमाणपत्र भने हासिल गरेको हुनु पर्नेछ । केन्द्रले प्राविधिक धारका विषय, लेखा, अंग्रेजी, विज्ञान विषयको अध्यापन गराइरहेका शिक्षकलाई प्राथमिकतामा राखेर यस्तो व्यवस्था गर्न लागेको जनाएको छ ।

    यसअघि केन्द्र आफैंले यस्तो व्यवस्था गर्ने तयारी गरेपनि खुला विश्वविद्यालयमा अध्ययन गरेको प्रमाणपत्रले अन्तराष्ट्रिय मान्यता पाउने भन्दै सोही विश्वविद्यँलयमा अध्ययनका लागि व्यवस्था मिलाउन लागेको निर्देशक न्यौपानेको भनाई छ । यो शिक्षण शैली परम्परागतभन्दा फरक हुने केन्द्रको दावी छ । 

     

    प्रकाशित:चैत्र १२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्