धनकुटामा बिषादी न्युनिकरणमा चासो बढ्दै

- रमेशचन्द्र अधिकारी , काठमाडौं

    चैत्र १२, २०७५

    –पछिल्लो समय तरकारी तथा फलफूल खेतीमा बढ्दो विषादीलाई न्युनिकरण गर्न धनकुटामा प्रयास थालिएको छ । विषादी न्युनिकरणका लागि जिल्लामा प्राङ्गारिक  खेतीतर्फ कृषक आकर्षित बन्दै गएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सुर्यप्रसाद सापकोटाले बताउनु भयो ।

    बिषादीको प्रयोग गर्ने मात्रा भन्दा अत्यधिक बढि प्रयोग गर्दा उपभोक्ताको जटिल स्वास्थ्य समस्या चुलिएकोले बिषादी न्युनिकरण अभियान थालिएको सापकोटाको भनाई छ । धनकुटा नगरपालिकाले समेत प्रत्येक वडाका ३ जनाका दरले कृषकलाई प्राङ्गारिक खेति सम्बन्धि तालिम प्रदान गरेको नगरप्रमुख चिन्तन तामाङले बताउनु भयो । 

    प्रकाशित:चैत्र १२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्