लगानी बोर्डको बैठक बस्दै

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र १२, २०७५

    – आसन्न लगानी सम्मेलनको तयारी तथा प्रस्तावहरुका बिषयमा छलफल गर्न लगानी बोर्डको बैठक आज बस्दैछ । सम्मेलनका आउने प्रस्ताबका बिषयहरु र तयारीका सम्बन्धमा भएका प्रगतीबारे जानकारी गराउन लगानी बोर्डले बैठक बोलाएको हो । सिंहदरबारमा अपरान्ह ३ बजेपछि हुने छलफलमा आगामी शुक्रबार र शनिबार हुने लगानी सम्मेलनका लागि आएका प्रस्ताव तथा संभावित प्रस्तावमा कसरी अघि बढ्ने भन्ने बिषयमा मुख्य रुपमा छलफल हुने बोर्डले जनाएको छ ।

    लगानी बोर्ड कार्यालयका अनुसार सम्मेलनमा ३८ देशका ६ सय २० लगानीकर्ता सहभागी हुने निश्चित भएको छ । जसमा चीनबाट मात्र २ सय ९ जना सरकारी अधिकारी तथा लगानीकर्ताले नाम टिपाएका छन् । आर्थिक समृद्धिको अभियानलाई अझै सन्तुलित बनाउने गरी सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा ६३ वटा विकास आयोजनाको प्रस्ताव सूची तयार पारेको छ । 

    प्रकाशित:चैत्र १२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्