राप्रपामा थप २३ जना पदाधिकारी मनोनित

काठमाडौं

    चैत्र १२, २०७५

    - बुद्धिमान तामाङ्ग र राजीव पराजुली राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको बरिष्ठ उपाध्यक्षमा मनोनित भएका छन् । अध्यक्ष कमल थापाले विधान बमोजिम मौजुदा पदाधिकारीको संख्यामा थप गरी २ बरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, २ महामन्त्री, ३ प्रबक्ता, ६ जना सह–महामन्त्री, २ जना सहायक महामन्त्री र १ जना सहायक प्रबक्ता मनोनयन गर्नुभएको हो ।

    जसअनुसार उपाध्यक्षमा प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरणबहादुर गुरुङ्ग, रोशन कार्की, भिम प्रसाद गौचन र महेशलाल महासेठ र महामन्त्रीमा राजेन्द्र लिङ्देन र धवल शम्शेर जबरा मनोनित भएका छन् ।

    सुशील श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काˆलेलाई प्रबक्तामा मनोनयन गरिएको छ । चन्द्रबहादुर गुरुङ्ग, कुन्ती शाही, दिपक बहादुर सिंह, भक्ति प्रसाद सिटौला, अर्जुन राई र भरत रायमाझीलाई सह–महामन्त्रीमा मनोनयन गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

    यस्तै, सहायक महामन्त्रीहरु लिलादेवी श्रेष्ठ र मदन बहादुर कार्की र सहायक प्रबक्ता रमानन्द न्यौपानेलाई बनाइएको प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

     

    प्रकाशित:चैत्र १२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्