सुडानमा सरकार विरोधी प्रदर्शन उग्र बन्दै

बीबीसी

    वैशाख २, २०७६

    सुडानमा सरकार विरोधी प्रदर्शनले उग्र रुप लिएको छ । प्रदर्शनकारीले राजधानी खार्तुमस्थित रक्षा मन्त्रालय अगाडि प्रदर्शन जारी राखेको बीबीसीले जनाएको छ । यसैबीच सैन्य परिषदले पूर्व सरकारी अधिकारीलाई पक्राउ गरेको छ ।

    पूर्व सरकार समर्थित प्रदर्शनकारीलाई समेत तितरवितर बनाएको बीबीसीले उल्लेख गरेको छ । महिनौंदेखि सरकार विरोधी प्रदर्शन चर्किएपछि गत बिहीबार नेता उमर अल बसिरलाई पदच्युत गरिएको थियो ।

    प्रदर्शनकारीले नागरिक शासनको माग गर्दै तत्काल कदम चाल्न समेत आग्रह गरेका छन् । सैन्य परिषदका प्रवक्ता मज गेन साम्स एड डीन सान्टोले विपक्षी दलको समर्थन पाए नागरिक शासन लागू गर्न आफूहरु तयार रहेको उल्लेख गर्नु भएको छ ।

    सैन्य परिषदले कसैलाई प्रधानमन्त्री पदमा नियुक्त नगर्ने, सो पदका लागि उफयुक्त व्यत्ति नागरीक स्तरबाटै चुनिने उहाँको भनाई छ ।

    प्रदर्शनकारीमाथि आफूहरुले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै उहाँले सामान्य जीवनमा फर्किन समेत आग्रह गर्नु भएको छ । मूल्य वृद्धिको विरोधमा गत डिसेम्बरबाट शुरु भएको सरकार विरोधी प्रदर्शनले नेता बसीर र उनी नेतृत्वको सरकार नै ढालेको हो । 

    प्रकाशित:वैशाख २, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्