मलेसियाविरुद्ध नेपालको शानदार जित

- रेडियो कान्तिपुर, काठमाडौं

    वैशाख २, २०७६

    अण्डर–१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा आयोजक मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले विश्वकप प्रवेशको सम्भावना कायमै राखेको हो ।

    मलेसियाले दिएको ९३ रनको चुनौती नेपालले १३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । ओपनर रित गौतम ३९ र कप्तान रोहित पौडेल ६ रनमा अविजित रहँदै नेपाललाई सहज जित दिलाए । आसिफ शेखले २६ र पवन सर्राफ १९ रनमा आउट भए । 

    आफिक स्याकिर र सुक्रि मदेलीले नेपालको एक एक विकेट लिए । यसअघि मलेसियाको क्वालालाम्पुरस्थित बायुमास मैदानमा पहिले ब्याटिङ गरेको मलेसिया ३३ दशमलव ५ ओभरमा ९२ रनमा समेटिएको थियो ।

    नेपालविरुद्ध घरेलु टोलीका कुनै ब्याट्सम्यानले ठूलो पारि खेल्न सकेनन् । लिजात डानिएलले बनाएको ३७ रन मलेसियाको सर्बाधिक स्कोर रहृयो । कप्तान महम्मद अमिरले १३ र हाकिम हारिसनले १० रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

    मलेसियालाई सामान्य स्कोरमा रोक्न पवन सर्राफ र कुशल मल्लले समान ३ तथा कमल सिंह ऐरीले दुई विकेट लिए । अर्को विकेट सागर ढकालको नाममा रहृयो ।  आजै भएको अर्को खेलमा यूएईले कुवेतलाई ७ विकेटले हराउदै जितको श्रृंखलालाई तेस्रो खेलमा पनि जारी राखेको छ । 

     

    प्रकाशित:वैशाख २, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्