समाचार लेख्दा साइबर अपराधमा पत्रकार पक्राउ

- भीम घिमिरे, पोखरा

    वैशाख २, २०७६

    - अटोमोबाइल व्यवसायी वीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेको आरोपमा प्रहरीले पोखराको ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरेको छ । साइबर अपराध मुद्दामा कारवाहीका लागि उजुरी परेको भन्दै केन्द्रीय अनुसन्धान ब्युराको आग्रहमा गिरीलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरूङले बताउनुभयो । गिरीलाई कास्की प्रहरीले काठमाण्डौं ल्याउने तयारी गरेको छ ।

    पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई उधृत गर्दै बतासले ठगी गरेको सम्बन्धी समाचार लेखेका थिए । श्रेष्ठको १ करोड ९८ लाख र पहारीको २ करोड २५ लाख  रुपैयाँ ठगी गरेको दाबी समाचारमा उल्लेख थियो । पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले समाचार लेख्दैमा पक्राउ गर्नु गलत भएको भन्दै गिरिलाई तत्काल छोड्नुपर्ने बताउनुभएको छ । 

     

    प्रकाशित:वैशाख २, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्