भू-उपयोग नीतिको अभावमा कृषिको व्यवसायिकरण हुन सकेन : नेकपा अध्यक्ष दाहाल 

काठमाडौं

    वैशाख २, २०७६

    - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भू–उपयोग नीतिको अभावमा कृषिको व्यवसायिकरण र विकास हुन नसकेको बताउनुभएको छ ।

    काठमाडौंमा आज कफी व्यवसाय प्रवर्द्धन सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले भू–उपयोग सम्बन्धी नीतिको अभाव र विद्यमान नीति समेत आफैंमा अन्तरविरोधी भएकाले कृषि क्षेत्रमा ठूलो प्रगति हासिल गर्न नसकेको बताउनुभयो ।

    भू–उपयोगसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन  राष्ट्रिय अवधारणा बनाइ स्पष्ट नीति र कार्यान्यवनको योजना बनाउनुपर्ने उहाँको भनाई थियो ।  सरकारले कृषि क्षेत्रमा लगानी वृद्धि नगरेसम्म समृद्ध नेपालको परिकल्पना पूरा नहुने भन्दै अध्यक्ष दाहालले हाल विश्वमै उन्नत खेती प्रणालीको विकास भइसकेको बेला मुलुकभित्र भने आयात बढ्दै जानु दुखद भएको टिप्पणी गर्नुभयो । कृषि क्षेत्रको व्यवसायीकरणका लागि युवालाई स्वदेशमा श्रम गर्न प्रोत्साहित गर्नुपर्ने उहाँको भनाई थियो ।

     नेपालका ४२ जिल्लामा कफी उत्पादनको सम्भावना रहेको भन्दै अध्यक्ष दाहालले त्यसको प्रबर्द्धनका लागि आगामी बजेटबाटै विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । कृषि क्षेत्र विकासका लागि सरकारी र निजी स्तरबाटै हातेमालो भए आगामी १० वर्षमा मुलुकले काँचुली फेर्ने उहाँको दाबी थियो । 

    प्रकाशित:वैशाख २, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्