सरकारले नगर्नुपर्ने कामलाई प्राथमकिता दियो : कांग्रेस

काठमाडौं

    वैशाख २, २०७६

    - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले गत वर्ष गरेको काम उल्लेखनीय नभएको बताएको छ । कांग्रेसले ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा आज पत्रकार सम्मेलन गरी सरकारले गर्नुपर्ने काममा ध्यान  नदिई  नगर्नुपर्ने कामलाई प्राथमिकता दिएको बताएको हो ।

    ०७५ सालमा सरकारले संविधान र संघीयता विरोधी काम गरेको उपसभापति विमलेन्द्र निधिले बताउनुभयो ।  संघीयता कार्यान्वयन र शक्ति विकेन्द्रीकरणमा विरोधाभाष, संवैधानिक परिषद र न्यायपालिका, मुलुकको अन्तरौष्ट्रिय छविमा ह्रास, शान्ति सुरक्षामा प्रगति शून्य, भ्रष्टाचारमा शून्य सहनशीलताको घोषणा भाषणमा सीमित र समृद्धि यात्राका लागि देखाएको सपनाको प्रगति शून्य भएको कांग्रेसले आरोप लगाएको छ ।

    दुई तिहाइको सरकार भएर पनि जनअपेक्षा अनुसारको काम गर्न नसकेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।यस्तै संविधान कार्यान्वयनमा पनि सरकार चुकेको कांग्रेसको आरोप छ । संविधान अनुसारको संघीयतामा शक्ति विकेन्द्रीकरणलाई प्राथमिकता दिनुपर्नेमा सरकारले शक्ति केन्द्रीकृत गर्न खोजेको प्रवक्ता शर्माले बताउनुभयो । 

    सरकारले २०७५ सालमा सरकारले गरेका कामको उपलब्धीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्वोधन गरेर जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले गर्नुभएको सम्वोधनको कांग्रेसले आज टिप्पणी गरेको हो । 

    प्रकाशित:वैशाख २, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्