प्रस्तावित न्यायाधीश विरुद्ध ५ वटा उजुरी

काठमाडौं

    वैशाख २, २०७६

    - सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विरुद्ध संसदीय सुनुवाई समितिमा पाँच वटा उजुरी परेको छ । समितिले उजुरीका लागि उपलब्ध गराएको समयावधीमा तीन वटा व्यक्तिका विरुद्ध र दुई वटा प्रक्रियाकै विषयमा केन्द्रीत भएर उजुरी परेको हो ।

    प्रस्तावित न्यायाधीश प्रकाशकुमार ढुङ्गाना विरुद्ध दुई वटा र हरिप्रसाद फुँयाल विरुद्ध एक वटा उजुरी परेको छ । न्यायपरिषदले गरेको सिफारिस ठिक नभएको भन्दै पद्धति कै विरुद्ध दुई वटा उजुरी परेको हो । गत चैत २२ गते बसेको सुनुवाई समितिको बैठकले प्रस्तावित ५ जना न्यायाधीश विरुद्ध उजुरीका लागि उपलब्ध गराएको समयावधी आज सकिएको हो ।

    गत चैत १९ गते बसेको न्याय परिपषदको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालत पाटनका मूख्य न्यायाधीश प्रकाश ढुङ्गाना र उच्च अदालत सुर्खेतका मूख्य न्यायाधीश सुष्मालता माथेमाको नाम सिफmारिस गरेको थियो ।

     यस्तै वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवत्ताद्वय हरिप्रसाद फुँयाल र मनोजकुमार शर्माको नाम पनि परिषदले सिफारिस गरेको थियो । प्रस्तावित पाँचै जना न्यायाधीश तथा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया र समावेशी आयोगकी सदस्य विष्णुमाया ओझा विरुद्ध परेको उजुरी भोलि बस्ने बैठकमा खोलिने सुनुवाई समितिको सचिवालयले जनाएको छ ।

    ओझा विरुद्ध कुनै उजुरी नपरेपनि थपलिया विरुद्ध भने ६ वटा उजुरी परेको छ । सुनुवाई समितिको बैठक भोलि दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ । 

     

    प्रकाशित:वैशाख २, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्