छुरा प्रहार गरी धनकुटामा एक युवकको हत्या 

- रमेशचन्द्र अधिकारी , धनकुटा

    जेष्ठ ५, २०७६

    धनकुटाको महालक्ष्मी नगरपालिका २ मारे ककटहरेमा आज बिहान एक युवकको छुरा प्रहार गरी हत्या भएको छ । महालक्ष्मी नगरपालिका २ डाँडागाउँका २२ वर्षीय सन्तोष थम्फरा लिम्बुको छुरा प्रहरी गरी हत्या भएको प्रहरीले जनाएको छ ।

    गाउँमा लागेको चण्डी पूर्णिमा मेलामा भेला भएका दुई पक्षबीच विवाद हुँदा स्थानीय २५ वर्षीय घनेन्द्र लिम्बुले उनीमाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

    बिहान करीब ५ बजे दुई पक्षबीच भएको झडपका क्रममा घाइते भएका सन्तोषको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । घटनामा संलग्न अन्य दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ । 

    यसैबीच, सो स्थानमा औपचारिक रुपमा नगरपालिका तथा स्थानीय प्रशासनलाई अग्रिम जानकारी नगरी मेला आयोजना गरेको पाईएको नगरपालिका प्रमुख पर्शुराम नेपालले बताउनुभयो । 

    प्रकाशित:जेष्ठ ५, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्