विराटनगरमा पत्रकारहरु रोए

- देवनारायण साह, मोरङ

    जेष्ठ ५, २०७६

    प्रेस युनियन मोरङका पत्रकारहरुले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा रोएर सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोध गरेका छन् । पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना दिंदै रोएर मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गरे ।

    पक्रकारहरुले डाँको छाडेर विधेयकको विरोध गरेका थिए । कार्यत्रममा युनियन सम्बद्ध पत्रकारहरुले पत्रकारलार्ई थुन्नु नै पर्छ भन्ने उद्देश्यले अभिप्रेरित भएर सरकारले ल्याएको विधेयक फिर्ता लिन माग गरेका थिए ।

    प्रकाशित:जेष्ठ ५, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्