प्रतिनिधि सभाबाट तीन वटा विधेयक स्वीकृत 

काठमाडौं

    जेष्ठ ७, २०७६

    - प्रतिनिधि सभाबाट आज तीन वटा विधेयक स्वीकृत भएको छ । प्रतिनिधि सभाको आज बसेको बैठकले वन विधेयक, वातावरण संरक्षण विधेयक र भूमी सम्वन्धी आठौं संसोधन विधेयक स्वीकृत भएको हो ।

    सरकारले हिजाको बैठकमा टेबल गरेको सो विधेयकमाथि आज सैद्धान्त्कि छलफल भएको हो । वनलाई व्यवस्थित बनाउन सो विधेयक ल्याएको सरकारले जनाएको छ ।

    छलफलका क्रममा वनलाई व्यवस्थित बनाउनुपर्ने तथा वनबाट मुलुक र जनताले फाइदा लिनसक्ने गरी ऐन बनाउनुपर्ने सांसदले बताएका छन् । नीजि वन दर्ता प्रक्रिया झन्झटिलो रहको भन्दै उनीहरुले त्यसलाई सरल बनाउन सुझाव दिएका छन् ।

    मुलुकको ४४ प्रतिशत भु–भाग वनले ओगटेको भएपनि सोचमा परिवर्तन नआएका कारण व्यवस्थित बनाउन नसकेको सांसदको भनाई छ । 

    विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदले उठाएका प्रश्नको जवाफमा वन तथा वातावरणमन्क्री शत्ति बस्नेतले वनलाई व्यवस्थित बनाउन नै सरकारले विधेयक अघि बढाएको बताउनुभयो । भोलिका पूस्ताले पनि लाभ लिन सकोस भनेर उपयोगितालाई पनि ध्यान दिएको उहाँको भनाई थियो ।

    यस्तै ध्वनी जल र वायु प्रदुषण कम गरी वातावरण स्वच्छ बनाउन वातावरण सम्वन्धी विधेयक ल्याएको मन्त्री बस्नेतले बताउनुभयो । 

     

    प्रकाशित:जेष्ठ ७, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्