प्रधानमन्त्री कपमा एपीएफ र प्रदेश ३ भिड्दै 

- रेडियो कान्तिपुर, काठमाडौं

    जेष्ठ ११, २०७६

    राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज विभागीय शसस्त्र प्रहरीको एपीएफ र प्रदेश ३ बीच प्रतिस्पर्धा हुँदैछ । पारस खड्का कप्तानीको प्रदेश ३ र पृथु बास्कोटा नेतृत्वको एपीएफबीचको प्रतिस्पर्धा कीर्तिपुरस्थित क्रिवि त्रिकेट मैदानमा बिहान ९ बजेपछि सुरु हुनेछ । 

    बलिया २ टोलीबीच आजको प्रतिस्पर्धा प्रतिष्ठाको लडाँईका रुपमा पनि रहेको छ । पहिलो पटक प्रदेश ३ बाट कप्तान खड्का सहित ज्ञानेन्द्र मल्ल, प्रतिश जिसी लगायतका खेलाडीले खेल्न लागेका हुन् । 

    यसअघि हिजो भएको उद्घाटन खेलमा प्रदेश २ लाई १ सय ७१ रनले हराउँदै विभागीय टोली त्रिभुवन आर्मीले प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । 

    नेपालय ईन्टरनेशनलको आयोजनामा भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले २० तथा उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।  

    प्रकाशित:जेष्ठ ११, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्