खोलाले बगाएर बेपत्ता

- माधव घिमिरे,

    जेष्ठ ११, २०७६

    - खोटाङमा खोलाले बगाएर एक युवक बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मिटारका १७ वर्षीय नवराज राई सुनकोसी खोलाले बगाएर बेपत्ता भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

    आज बिहान साथीहरुसँग नुहाउने क्रममा उनी बगेर बेपत्ता भएका थिए । स्थानीय बासिन्दाको सहयोगमा खोजी बेपत्ता युवकको भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित:जेष्ठ ११, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्