प्रधानमन्त्री ओली भोलि बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने

- रेडियो कान्तिपुर, काठमाडौं

    जेष्ठ ३२, २०७६

    – साताव्यापी युरोप भ्रमणका लागि गत शनिबार जेनेभा जानु भएका प्रधानमन्त्री केपी शर्मा ओली भोलि बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनु हुने भएको छ । फ्रान्सको भ्रमणमा रहनु भएका ओली आजै जेनेभा फर्किनु हुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेनेभाबाट नेपालका लागि आजै उड्ने र भोलि बिहान साढे १० बजे काठमाण्डौंमा उत्रने कार्यसूची रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्स तीनै युरोपेली मुलुकको औपचारिक भ्रमण सक्नु भएको छ । उहा“ले आज जेनेभामा नेपालका राजदुत लगायत अन्य उच्च व्यक्तित्वसंग अनौपचारिक छलफल गर्ने कार्यक्रम रहेको छ । 

    यसअघि प्रधानमन्त्री ओलीले २७ गते जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नु भएको थियो । समारोह पश्चात उहा“ सोही दिन बेलायत प्रस्थान गर्नु भएको थियो । बेलायतमा प्रधानमन्त्री ओलीले अक्सफोर्ड युनियनले आयोजना गरेको कार्यक्रमलाई स्म्बोधन गर्नु भएको थियो । समकक्षी टेरेजा मे र राजकुमार चाल्र्ससंग पनि भेटवार्ता गर्नु भएको थियो । भेटका क्रममा द्विपक्षिय हितका बारेमा कुराकानी भएको थियो । यस्तै बेलायतको तीन दिने भ्रमण सकेर २९ गते फ्रान्स पुग्नु भएका प्रधानमन्त्री ओली विभिन्न औपचारिक कार्यक्रममा सहभागि हुनुभयो । उहा“ले जलवायु परिवर्तन सम्बन्धि मुद्दाका विषयमा छलफल गर्नुभयो ।

    यस्तै नेपाल र फ्रान्सको सांस्कृतिक सम्बन्धका विषयमा पनि छलफल गर्नु भएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी फ्रान्समा आयोजित कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागि हुनु भएको मन्त्री ज्ञवालीले उल्लेख गर्नु भएको छ । गत शनिवार त्यसतर्फ प्रस्थान गर्नु भएका प्रधानमन्त्री ओली भोलि बिहान साढे १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लनु हनेछ ।     

     

    प्रकाशित:जेष्ठ ३२, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्