सिमेन्ट उद्योगको छत भत्किदाँ तीन जनाको मृत्यु

- दुर्गालाल केसी , दाङ

    जेष्ठ ३२, २०७६

    – दाङमा निर्माणाधिन एक सिमेन्ट उद्योगको छत भत्किदाँ ३ जना मजदुरको मृत्यु भएको छ । ३ जना घाईते भएका छन् । दाङको लमही नगरपालिका ७ बनगैस्थित सम्राट सिमेन्ट उद्योगको निर्माणाधिन प्लान्ट भत्किदाँ मजदुरका रुपमा कार्यरत भारत झारखण्डका मंगल केस्यव, लाल साहेव र दयाल हरेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    गएराती २ बजे निर्माणको काम भैरहेको बेला प्लान्टको छैठौं तलाको छत भत्किदा ती मजदुरको मृत्यु भएको हो । घाइते ३ मध्ये एक जनाको अवस्था सामान्य छ । गम्भीर घाइते नरेन्द्र साइदेन र अजय हरेन्द्रको बुटवलमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

     

    प्रकाशित:जेष्ठ ३२, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्